Media Network

एमसिसीका विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्छ: केपी ओली


खबरस्टोरी संवाददाता

१० पुष २०७८,शनिबार

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसिसीका विषयमा सरकारको धारणा स्पष्टरुपमा आउनुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उनले भने, "एमसिसीका विषयमा व्यक्तिगतरुपमा कुरा गरेर हुँदैन, सरकारको धारणा के हो ? स्पष्ट हुनुपर्छ ।"

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले निर्वाचन गर्नुको विकल्प नरहेको उल्लेख गर्दै एमालेले निर्वाचनसम्म शक्ति संघर्ष गरिरहने धारणा व्यक्त गरेका छन् । 

उनले आगामी निर्वाचनले सबै कुरा स्पष्ट हुने बताए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद