काठमाण्डौँ । नेकपा एमालेका नेता भिम रावलले अमेरिकी सहयोग परियोजना एमसीसीलाई समर्थन गर्नेहरू सबै राष्ट्रघाति भएको बताएका छन् ।
आफ्नो पार्टीका सांसदहरूको अवरोधको बाबजुत रावलले आजको संसद बैठकमा बोल्दै यस्तो प्रतिक्रिया दिएका हुन् । रावलले एमसीसी जस्तो राष्ट्रिय महत्त्व र सुरक्षाको विषयलाई संसदमा व्यापक छलफल नगरि विरोधकै बीच र हतारमा पारित गर्न लागेको भन्दै विरोध गरे ।
रावलले एमसीसीले नेपालको राष्ट्रिय स्वाधीनतामाथि प्रहार गर्ने र नेपाललाई सुरक्षा चुनौती हुने दाबीसमेत गरे । रावलले एमसीसी सम्झाैता जनताप्रतिकाे धाेका र गद्दारी भएकाे टिप्पणी गरे ।
अहिले नेकपा (एकीकृत समाजवादी)का झलनाथ खनालले एमसीसीमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै आफ्नो धारणा राखिरहेका छन् । उनले पनि एमसीसी राष्ट्रहितविपरीत रहेको दाबी गरे।