Media Network

एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने गठबन्धनको निर्णय


खबरस्टोरी संवाददाता

१५ फाल्गुन २०७८,आईतवार

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई व्याख्यात्मक घोषणासहित आजै अनुमोदन गर्ने सत्ता गठबन्धनले निर्णय गरेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको गठबन्धन बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट पारित गर्ने निर्णय गरेको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए । 

एमसीसी इन्डोप्यासिफिक रणनीतिअनुसार नरहेको, नेपालको संविधानभन्दा माथि नरहेको र यो विशुद्ध आर्थिक विकास सहयोगको रुपमा मात्र बुझ्छौँ भनेर व्याख्या गर्दै पारित गर्ने निर्णय गरेको पौडेलले जानकारी दिए । 

आइतबार बस्ने प्रतिनिधिसभाको दोस्रो चरणको बैठकबाट एमसीसी पारित गर्ने जानकारी दिँदै भने, ‘आजै दोस्रो सेसनमा पारित हुन्छ। एमसीसी पारित गराउन पनि एमालेको सकारात्मक भूमिका रहने नेता पौडेलले जानकारी दिए । 

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापा, नेतात्रय रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्का, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।  

त्यस्तै प्रचण्ड निवास खुमलटारमा आइतबार बिहान बसेको माओवादी केन्द्रको बैठकले पनि व्याख्यात्मक टिप्पणसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो । 

एमसीसी अनुमोदनका लागि गर्ने भनिएको व्याख्यात्मक टिप्पणी के हो ?

पौडेलका अनुसार व्याख्यात्मक टिप्पणी भन्नाले एमसीसीबारे देखिएको भ्रम र विवादलाई स्पष्ट पार्ने हो । एमसीसी अनुमोदन भएमा अमेरिकी सेना आउनेदेखि नेपालको कानुनभन्दा माथि रहेको भन्ने विषयलाई स्पष्ट पार्दै नेपालको अडान प्रस्तुत गर्ने गरी व्याख्यात्म टिप्पणी गरिने पौडेलले बताए । 

एसमीसी सम्झौता इन्डोप्यासिफिक रणनीतिअनुसार नरहेको, नेपालको संविधानअनुसार चल्ने र नेपालको आर्थिक विकास सहायता रहेको स्पष्ट पार्ने कार्यलाई नै व्याख्यात्मक टिप्प्णी भनिएको नेता पौडेलले जानकारी दिए । 







Share:
Reaction :
ताजा समाचार
खेलकुद