काठमाडौं । प्रतिनिधिसभा बैठकमा आजवाट सुरु हुने भनिएको अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सैद्धान्तिक छलफल कुन प्रक्रियामार्फत टुंग्याउने हो ? त्यसको छिनोफानो हुने भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले ध्वनीमतको प्रक्रियामामार्फत सैद्धान्तिक छलफल चलाउँछन कि मत बिभाजनमार्फत गर्छन भन्ने बिषयका छिनोफानो आज अपरान्ह बस्ने संसद बैठकले छिनोफानो गर्न लागेको हो ।
सभामुख सापकोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार मत बिभाजनको प्रक्रियामार्फत सैद्धान्तिक छलफलमा लैजान खोजेको आशंकामा सरकारले बिहिवारको संसद स्थगित गराएको थियो ।
विहीबारको संसद बैठकमा माओवादी केन्द्रका २८ जना सांसद उभिएर मत बिभाजनको माग गर्ने र सभामुखले सो अनुमति दिने माओवादीको तयारी थियो ।
बहुमतको सरकार भएकाले मत विभाजन आवश्यक नभएको तर्क कांग्रेसले गरेको छ । सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रबिधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने सैद्धान्तिक छलफल गराउनका लागि मत बिभाजन गर्ने प्रचलन नेपालमा नभएको टिप्पणी गरेका छन ।
‘२०४७ साल देखि हामी संसदीय व्यवस्थाको अभ्यास गरिरहेका छौं, आजसम्म सैद्धान्तिक छलफल चलाउनका लागि मत बिभाजन गरिएको उदाहरण छैन, मलाई लाग्छ सभामुखले यो काम गर्नु हुन्न,’ कार्कीले वालुवाटारमा बिहिवार साँझ टिप्पणी गरेका थिए ।