काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमसीसीमाथिको व्याख्यात्मक टीप्पणी नेपाली जनता माथिको धोका, गद्धारी र झुक्याउने कार्य भएको बताएका छन् ।
ओलिले मंगलबार पत्रकार सम्मेलन गरी सत्तागठबन्धलाई यस्तो आरोप लगाएका हुन् । ‘एमसीसी यथास्थितिमा नै पास भएको छ । जनतालाई झुक्याउने कार्य नहोस । यो संसदबाट पारित भैसकेको कुरा हो अब कार्यान्वयनमा जानुपर्छ । कार्यान्यवन राष्ट्रिय हित र विकासको पक्षमा हुनुपर्छ भन्ने हो । यसले देशको सार्वभौमसता, स्वतन्त्रता र राष्ट्रियहितलाई प्रभाव पार्ने कार्य भएमा नेकपा एमालेलाई मान्य हुने छैन् । नेकपा एमाले एमसीसीलाई प्रभाकारी ढंगबाट कार्यान्वयन गर्नु पर्ने भन्ने पक्षमा रहेको छ’ उनले भने ।
यदि राष्ट्रहित विपरित भएमा व्याख्यात्मक घोषणालाई लिएर नेतृत्वलाई समात्नसकिने बाटो भएको उनले बताए ।