Media Network

एमसीसीविरुद्ध आज ४० दलले विरोध प्रर्दशन गर्दै, माइतिघरदेखि कोटेश्वरसम्म विरोधका कार्यक्रम


खबरस्टोरी संवाददाता

१५ फाल्गुन २०७८,आईतवार

 काठमाडौं। विभिन्न ४० भन्दा बढी राजनीति दलहरुले आज (आइतबार अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध प्रदर्शन गर्ने भएका छन् । उनीहरुले एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन नगर्न दबाब दिन आज काठमाडौंको माइतिघरदेखि कोटेश्वरसम्मको सडकमा विभिन्न प्रदर्शनका कार्यक्रम राखेका हुन् । 

विरोधका कार्यक्रम विहान ११ बजेबाट सुरु हुने जनाइएको छ । नेकपा (माओवादी केन्द्र) निकट जनवर्गिय संगठन/मोर्चाहरूले यथास्थितिमा एमसीसी पास गर्ने कदम विरुद्ध संसद भवन बानेश्वर घेराउ गर्ने कार्यक्रम राखेका छन् । कार्यक्रम विहान ११ बजे माइतिघर मण्डलामा भेला भएर बानेश्वरतर्फ अघि बढ्ने आयोजकले बताएका छन् । 

संसदमा एक सदस्य रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले एमसीसी सम्झौताविरुद्ध कोटेश्वरबाट विरोध प्रदर्शन गर्ने कार्यक्रम राखेको छ । कार्यक्रम अनुसार कोटेश्वरबाट नारावाजी गर्दै संसद भवन रहेको नयाँ बानेश्वरसम्म प्रदर्शन गरिने छ । कार्यक्रम कोटेश्वरबाट विहान साढे ११ बजे सुरु हुने नेमकिपाले जनाएको छ । 

एमसिसी खारेज संयुक्त अभियान नेपालले पनि शंखमुलमा भेला भई एमसीसीविरुद्ध विरोध प्रदर्शन गर्ने कार्यक्रम राखेको छ । शंखमुलमा भेला नयाँ बानेश्वरसम्म नारावाजी गर्दै जाने कार्यक्रम अभियानको छ । 

नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टी लगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसिसी सम्झौताविरुद्ध माइतीघर मण्डला देखि नयाँ बानेश्वर सहित देशभर विरोध प्रदर्शन तथा सभा गर्ने घोषणा गरेको छ । मध्यान्ह १२ बजे माइतिघर मण्डमा भेला नयाँ बानेश्वरसम्म प्रशर्दन गरिन ती दलले जनाएका छन् । 

नेकपा माले सहित २२ दलिय मोर्चाले पुरानो वानेश्वरमा भेला भई नयाँ बानेश्वर पानिट्यांकीसम्म एमसीसीविरुद्ध विरोध प्रदर्शन गर्ने बताएको छ ।  शाही शक्ति नेपाल, स्वतन्त्र नागरीक समाज, राष्ट्रिय शक्ति नेपाल, नेपाली कांग्रेस समाजवादी, नेपालको लागि नेपाली पार्टी लगायतका पार्टी तथा अभियन्ताहरूले पनि एमसीसी विरुद्ध विरोध प्रदर्शन गर्ने कार्यक्रम राखेका छन् । मध्यान्ह १२ बजे बबरमहलमा जम्मा भई प्रदर्शन गर्दै नयाँ बानेश्वर जाने उनीहरुको कार्यक्रम छ ।

एमसीसी सम्झौता विरुद्ध संयुक्त जनआन्दोलन नेपालले मध्यान्ह १२ बजे बिजुली बजार पुलबाट प्रदर्शन सुरु गर्ने जनाएको छ ।  राष्ट्रवादी केन्द्र नेपालले मध्यान्ह १२ बजे माइतिघर मण्डमा जम्मा भई एमसीसीविरुद्ध विरोध प्रदर्शन गर्दै नयाँ बानेश्वर पुग्ने कार्यक्रम राखेको छ । 

शाही युवा शक्ति नेपालले मध्यान्ह साढे १२ बजे बबरमहलमा जम्मा भई एमसीसी विरुद्ध विरोध नारावाजी गर्दै नयाँ बानेश्वर जाने कार्यक्रम राखेको छ । यस्तै, नेकपा (माओवादी) ले देशभर एमसीसीको विरोधमा बहस तथा अन्तर्क्रिरया कार्यक्रम राखेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद