काठमाडौं । चौतर्फी विरोधका बाबजुद पनि अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदन गरिएपछि विभिन्न ८ राजनीतिक दलले सोमवार नेपाल बन्दको घोषणा गरेका छन् ।
सत्ता गठबन्धनभित्रै एमसीसीका बारेमा पक्ष विपक्ष भइरहँदा आइतबार केही बुँदाहरुमा ब्याख्याख्यात्मक घोषणा गर्दै एमसीसी संसदबाट अनुमोदन गरिएको छ ।
सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले गठबन्धन तोडेरै भए पनि एमसीसी संसदबाट अनुमोदन गराउने तयारी गरेपछि नेकपा माओवादी केन्द्र र माधव नेपालको नेकपा (एकीकृत समाजवादी)ले एमसीसीका पक्षमा साथ दिएको हो ।
सोमवार प्रमुख प्रतिपक्षी दल एमालेले संसदमा विरोध गरिरहँदा बाँकी सदस्यमार्फत ध्वनी मतबाट एमसीसी अनुमोदन गरिएको थियो ।
एसीसीविरुद्ध आइतबार पनि संसद भवनको चारैतिर प्रदर्शन भइरहँदा संसदबाट एमसीसी अनुमोदन गरिएपछि राष्ट्रवादी शक्तिहरु थप आन्दोलित बनेका छन् ।
उनीहरुले यसअघि एमसीसीकै विरुद्धमा फाल्गुन ४ गते पनि नेपाल बन्दको घोषणा गरेका थिए ।
बन्दको पूर्वसन्ध्यामा आइतबार बेलुका काठमाडौं लगायत देशका विभिन्न ठाउँमा मशाल जुलुस प्रदर्शन भएको थियो ।