Media Network

एपीपीबारे छलफल गर्न प्रधानसेनापति संसदीय समितिमा


खबरस्टोरी संवाददाता

३ असार २०७९,शुक्रबार

काठमाडौं । अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का लागि पूर्व सेनापतिले पत्राचार गरेको पत्र सार्वजनिक भएपछि प्रधानसेनापति प्रभुराम शर्मा संसदीय समितिमा उपस्थित भएका छन् । 

पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले २०७२ सालमा नै तत्कालिन राजदूत एलिना बी टेप्लिजलाई पठाएको पत्र सार्वजनिक भएको थियो । 

राष्ट्रलाई नै गम्भीर असर पर्ने सैनिक सम्झौताका लागि प्रधानसेनापतिले नै पत्राचार गरेको विषयमा छलफल गर्न प्रधानसेनापति प्रभुराम शर्मालाई प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोलाइएको हो । प्रधानसेनापति शर्मा संसदीय समितिको वैठकमा सहभागी छन् । 

यो पनि पढ्नुस्ः 

तत्कालिन सेनापति क्षेत्रीले एसपीपीमा संलग्न हुन पठाएको पत्र सार्वजनिक


Share:
Reaction :
ताजा समाचार
खेलकुद