शुक्रबारको संसदिय समितिमा नेता रावलले यस्तो प्रस्ताव ल्याएका हुन् । सो समितिमा परराष्ट्र मन्त्री डा. नारायण खड्काले एसपीपी नेपाललको हितमा छैन् । यसलाई धेरै नकोट्याउ भने पछि नेता रावलले परराष्ट्र मन्त्री खड्काले एसपीपीको विषय नकोट्याउँ भन्न नमिल्ने बताएका हुन् ।
रावलले भने “पराष्ट्र मन्त्रीले एसपीपी नकोट्याउ भन्नु भएको छ । उहाँले तेस्तो भन्न मिल्दैन । यस विषयमा विस्तृत जानकारी दिनु उहाँको पदिय र काननुी दायित्व हो । यो कुरा संसदिय समितिमा स्पष्ट राख्नुपर्छ । एसपीपीको विषयमा स्पष्ट हुनको लागि छानबिन समिति गठन गर्नु पर्छ ।” नेता रावलले पत्रराष्ट्र मन्त्री खड्कालाई नेपालल एसपीपीमा सहभागि छैन् र हुँदैन भनेर अमेरिकालाई पत्र लेख्न सुझाव समेत दिएका छन् ।
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले एसपीपीको लागि नेपाली सेनाले लेखेको पत्र आधिकारीक भएको तर त्यो सैन्य गठबन्धनको लागि सम्झौता नभएको बताएका छन् । प्रधान सेनापति शर्माले आफ्नो अमेरिकाका लागि हुन् लागको भ्रमणमा कुनै पनि किसीमको सम्झौता नहुने दाबी समेत गरेका छन् ।
संसदिय समितिमा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललेअमेरिका भ्रमणको बेला कुनै पनि कागजपत्रमा हस्ताक्षर गर्ने बेला ख्याल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।
पूर्वप्रधानमन्त्री नेपालले एसपीपीको विषयमा सुरुदेखि हाल सम्मे के के भयो भनेर सरकारले यथार्त जानकारी दिनुपर्ने बताएका छन् ।