Media Network

फागुन ४ मा प्रतिनिधिसभा बैठक आह्वान


खबरस्टोरी संवाददाता

१ फाल्गुन २०७८,आईतवार

काठमाडौं। सोमबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । संघीय संसद सचिवालयले आइतबार सूचना निकालेर २ फागुन सोमबारका लागि डाकिएको बैठक अब ४ फागुन बुधबार दिउँसो १ बजे बस्ने जानकारी दिएको हो । 

विशेष कारणले सोमबार बैठक बस्न नसक्ने भएकाले बुधबारका लागि सारिएको महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् । प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गरिने भनिएको र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएका बेला प्रतिनिधिसभाको बैठक सारिएको हो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद