Media Network

फोहोरको समस्या समाधान गर्न प्रधानमन्त्रीले नै पहल गर्नुपर्छ: गगन थापा


खबरस्टोरी संवाददाता

२५ जेष्ठ २०७९,बुधबार

काठमाडौं। नेपाली कांग्रेस महामन्त्री गगन थापाले उपत्यकाको फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीले नै पहलकदमी लिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

‘काठमाडौंको फोहोर व्यवस्थापन गर्न कतिपय कुरा फोहोर व्यवस्थापन सहरी विकास मन्त्रालय र काठमाडौं महानगर यी दुईवटा निकायले मात्रै चाहेर सम्भव छैन,’ उनले भने, ‘ कतिपय स्रोत साधान, कानुन नियमको गाँठो फुकाउन सम्माननिय प्रधानमन्त्रीलेनै पहलकदमी लिनुपर्ने छ । 

फोहोर व्यवस्थापन सहरी विकास मन्त्रालय र काठमाडौं महानगरले मात्रै गर्ने  सम्भव  नभएको भन्दै उनले नगरवासीलाई पनि स्रोतबाटै फोहोर छुट्याउन पनि आग्रह गरे ।काठमाडौँ महानगरवासी भएकाले र यो क्षेत्रको संसद भएको नाताले फोहोर मुक्त काठमाडौं बनाउने अभियानमा सम्पुर्ण महानगरवासीले साथ दिनको लागि हार्दिक अनुरोध गर्दछु ।’



Share:
Reaction :
ताजा समाचार
खेलकुद