Media Network

फेरि सर्‍याे एमालेको मेलम्ची नगर अधिवेशन


खबरस्टोरी संवाददाता

१० कार्तिक २०७८,बुधबार

काठमाडौँ।  सिन्धुपाल्चोकमा नेकपा एमालेको मेलम्ची नगरको पहिलो अधिवेशन फेरि सरेको छ। यसअघि कात्तिक १३ गते गर्ने तय भएको अधिवेशन प्राविधिक कारण देखाउँदै कात्तिक १५ गतेका लागि सारिएको हो।  

मङ्गलबार मेलम्ची बजारमा बसेको नगर अधिवेशन आयोजक कमिटीको दोस्रो पूर्ण बैठकले अधिवेशन सार्ने निर्णय गरेको हो। नगर संयोजक डम्बरबहादुर अर्यालले आन्तरिक तयारी नसकिएका कारण नगर अधिवेशन सारिएको जानकारी दिए। रासस


Share:
Reaction :
ताजा समाचार
खेलकुद