काठमाडौँ। नेपाल भ्रमणमा रहेको फ्रान्सको संसदीय प्रतिनिधि मण्डलले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटघाट गरेको छ । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बुधबार फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रियोटन नेतृत्वको प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको हो ।
शिष्टाचार भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले ७३ वर्ष लामो नेपाल–फ्रान्स मित्रतालाई सुदृढ बनाउन संसदीय मैत्री समूहले पुर्या्एको योगदानको प्रशंसा गरेका छन् । फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियालाई निरन्तर समर्थन गर्दे आएकोमा धन्यवाद व्यक्त गर्दे उनले फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यका रुपमा रहेको स्वतन्त्रता, समानता र भातृत्वनेपालको लोकतान्त्रिक आन्दोलन र संघर्षमा सधैं प्रेरणादायी रहँदै आएको बताए । दुई देशबीचको सम्बन्ध सुमधुर र मैत्रीपूर्ण रहेको तथा मित्रता, सद्भा्व र आपसी समझदारीमा आधारित रहेको छ,’ अध्यक्ष तिमिल्सिनाले भने, ’वर्षौंदेखि उच्चस्तरीय भ्रमणको आदान–प्रदानले विद्यमान सम्बन्धलाई गति दिएको छ । यसमा दुवै देशका संसदले आ–आफ्नो पक्षबाट योगदान गरेका छन् । यस्ता उत्कृष्ट अभ्यासहरू र योगदानलाई हामी हाम्रा जनताको हितमा लगाउन सक्दछौ ।
अध्यक्ष तिमिल्सिनाले कोभिड–ज्ञढ महामारीसँग लड्दा नेपाललाई फ्रान्सले गरेको चिकित्सा सहयोगको प्रशंसा गर्दे खोप अभियानमा कोभ्याक्स सुविधामार्फत फ्रान्सको समर्थन प्राप्त गरेको स्मरण गरे । भेटका क्रममा उनले अहिलेको विश्वको साझा चुनौति भनेको कोरोना महामारी र जलबायु परिवर्तन रहेको बताउँदै त्यसको सबै मिलेर सामना गर्नुपर्ने धारणा राखे । त्यसैगरी फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष रियोटनले आफूहरुको नेपाल भ्रमणका क्रममा गरेको आथित्यता र सम्मानप्रति आभार व्यक्त गरे ।
उनले दुई देशबीच सहयोग आदान–प्रदानका लागि पहल गर्ने बताए । प्रतिनिधिमण्डलमा सहभागी सदस्यहरूले नेपालको राष्ट्रिय सभा गठन प्रक्रिया, कानुन निर्माण र दुई सदनको भूमिका बारे जिज्ञासा राखेका थिए । साथै, नेपालमा तीन तहका सरकारको सम्बन्ध र सहकार्य बारे पनि उनीहरुले अध्यक्ष तिमिल्सिनासँग चासो राखेका थिए । फ्रान्सेली प्रतिनिधिमण्डलमा मैत्री समूहका अध्यक्ष रियोटन सँगै सदस्यहरु ग्राजियला मेल्चियर र निकोलस फोरिसियर तथा नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोरबाओ सहभागी रहेका थिए ।