गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुगेको आरोप लगाउँदै वाईसीएल संयोजक सुमन देवकोटाले उजुरी दिएका हुन् । गभर्नर अधिकारीले आफ्नो शैक्षिक योग्यता ढाँटी राष्ट्रसेवक भई भष्टाचारजन्य कसुर गरेको अख्तियारमा दर्ता गरिएको उजुरीपत्रमा उल्लेख छ ।
अधिकारी गभर्नर बन्नका लागि शैक्षिक योग्यता नपुग्ने देवकोटाको दाबी छ । वाणिज्यमा स्नातक गरेका अधिकारी चार्टर्ड एकाउन्टेन्ट पनि हुन् ।
नेकपा एमालेको घनश्याम भुसाल प्रमुख रहेको अर्थ विभागमा गभर्नर अधिकारी नै छद्म नाममा सदस्य बनेको आरोप लाग्दै आएको छ । एमालेले खोटाङका एम अधिकारी भन्ने गभर्नर महाप्रसाद नभएको दाबी गरे पनि उक्त पात्र अरु कोही पनि उभ्याउन सकिरहेको छैन ।
आफ्नो नामसँग मिल्दोजुल्दो नाम भएको सामाजिक सञ्जालमा आशंका गरिएको भन्दै अधिकारीले एमालेलाई पत्र लेखेर स्पष्ट परिदिन पनि आग्रह गरेका थिए । सोको जवाफ स्वरुप एमालेले विभाग सदस्य बनाइएका एम अधिकारी भन्ने गभर्नर अधिकारी नभएको स्पष्टीकरणको पत्र पठाइसकेको छ ।
हेर्नुस्, उजुरीपत्रः