गभर्नर अधिकारीविरुद्ध माईतीघरमा नेविसंघको प्रदर्शन


खबरस्टोरी संवाददाता
३१ असार २०७९, शुक्रबार
गभर्नर अधिकारीविरुद्ध माईतीघरमा नेविसंघको प्रदर्शन
काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै नेपाल विद्यार्थी संघले शुक्रबार बिहान माइतीघर मण्डला अगाडि प्रदर्शन गरेको छ। 

गभर्नर अधिकारी प्रमुख प्रतिपक्ष दल एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको चर्चा सुरु भएपछि उनको सर्वत्र आलोचनासमेत भइरहेको छ। 

नेविसंघका नेता मदन उपाध्यायले राष्ट्र बैंकका गभर्नर जस्तो व्यक्ति कुनै पार्टीको कार्यकर्ता हुनु राष्ट्रकै लज्जाको विषय भएको बताए। ‘राष्ट्र बैंकका गभर्नर कुनै पार्टीको कार्यकर्ता हुन पाउँदैनन्। नेपालको अर्थतन्त्रलाई रेगुलेसन गर्ने संस्थाको प्रमुख पार्टीको झोले भएर हिँड्नु निन्दाजनक हुन्छ,’ उनले भने ।

गभर्नर अधिकारीको राजीनामा नआए सम्म आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी दिएका छन्।