Media Network

गंगा चौधरीको प्रश्न : देशमा दीन दाहाडै भैरहेका बलत्कार, लुटपाट, महंगी र भ्रष्टाचार परमादेशकै आदेश बाट त भएका होइन्न ?


खबरस्टोरी संवाददाता

९ असार २०७९,बिहीबार

काठमाडौँ । नेकपा एमालेकी सांसद गंगा चौधरीले आफुले विश्वको कुनै पनि देशमा परमादश बाट सरकार गठन भएको नदेखेको बताएकी छन् । 

बिहिवारको संसद बैठकमा बोल्दै चौधरीले भनिन “विश्मा कुनै पनि यस्तो देश छैन जहाँ परमादेश बाट सरकार बनेको छ । देशमा दीन दाहाडै भैरहेका बलत्कार, लुटपाट, काटमार, महंगी र भ्रष्टाचार परमादेशकै आदेश बाट त भएका होइन ? भनेर प्रश्न गरेकी छन् । 

उनले अहिले विकासका नाममा सरकारका मन्त्रीहरुले महंगा महंगा गाडीमा चढेको र भ्रष्टाचारमा चुर्लुम डुबेको आरोप समेत लगाएकी छन् । उनले यस पहिलेको संसद बैठकमा सहरी विकास मन्त्रीले सांसदहरुले गरेको पश्नको जवाफ नदिएर यो विरोधलको लागि मात्र प्रश्न गरेको भनेर पन्छिन खोजेको भन्दै आफुले आज संसदमा प्रमाण सहित मन्त्रीले दिएको चुनौतिको सामना गर्न तयार रहेको बताएकी छन् । 

उनले भनीन “ मन्त्री ज्यु ले मागेको प्रमण लिएर म आएकी छु । उहाँले मागेको पिएम एसपी को प्रश्न पत्रहरु बाहिरिएको, ३० करोडको युबिएस्डी उहाँहरुले प्रश्न बनाउदा खेरीको प्रश्न पेपर र कमिसनका खेलका प्रमाणहरु लिएर आएकी हु । अब यस्तो कार्य कसरी भयो भनेर म मन्त्रीबाट जवाफ चाहन्छु ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद