शुक्रबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विद्येक २०७९ को अन्तरगतको विभिन्न शीर्षकमाथि खर्च कटौतिको प्रस्ताव पेश गर्दै सांसद सुवालले यस्तो बताएका हुन् ।
सांसद सुवालले भने, 'गृह प्रशासनका हाकिमका श्रीमती, आफन्त र सल्लाहकार मिटर ब्याजमा संलग्न भएको र नक्कली सुराकी बनाएर कमिसन लिइरहेको कतिपय पदाधिकारीहरुले नै स्वकिय सचिव भान्छे राखेर रकम गोजीमा राखेको समाचार छ।' यस्ता गलत काम त कानुन हातमा लिन सक्नेहरूले गरेको देखियो सांसद सुवालले बताए।