काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाँण र कानून मन्त्री गोविन्द बन्दी बालकोट पुगेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट दुई जना मन्त्री ओलीसँग छलफल गर्न बालकोट पुगेका हुन् ।संसदमा विचाराधीन विधेयकहरूको सन्दर्भमा छलफलका लागि उनीहरु बालकोट पुगेको बताईएको छ ।