Media Network

गृहमन्त्री खाण र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता


खबरस्टोरी संवाददाता

२० असार २०७९,सोमबार

काठमाडाैं। गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । 

श्रीवास्तवले राजदूत नियुक्त भएर नेपाल आएपछि  गृहमन्त्री खाणसँग पहिलो पटक शिष्टाचार भेटघाट गरेका हुन् । 

गृह मन्त्रालयमा सोमवार बिहान भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारेमा कुराकानी भएको थियो । 

भेटमा गृहमन्त्री खाणले नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौता अनुरुप कृषि रासायनिक मल छिटो उपलब्ध गराउनका लागि सहजीकरण गरिदिन अनुरोध गरेका थिए । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद