एमाले सांसद लालकुमार थापाले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्न सरकारकै निर्देशनमा भएको भन्दै मंगलबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री खाँण र प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको राजीनामा माग गरेका थिए ।
सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री खाँणले सरकारले मतदान नरोकेको, सुरक्षाकर्मीले मतगणना प्रभावित नपारेको भन्दै निर्वाचनको परिणाममा आशंका नगर्न स्पष्ट पारेका छन् ।
स्थानीय तहका नयाँ जनप्रतिनिधिलाई उनले सफलताको शुभकामना दिँदै सांसदहरूले उठाएका प्रश्नमा सरकार गम्भीर रहेको भन्दै केही छिटपुटका घटना भएका भए त्यसमा छलफल गर्ने र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।