Media Network

गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेटघाट


खबरस्टोरी संवाददाता

४ जेष्ठ २०७९,बुधबार

काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज शिष्टाचार भेटवार्ता गरेकि छिन् । गृहमन्त्रालयमा भएको भेटमा उनिहरुका बीच दुई देशबीचको आपसी सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो । 

भेटमा गृहमन्त्री खाणले स्थानीय  तहको निर्वाचन  सम्पन्न गरेर सरकार अब बजेट निर्माणको प्रक्रियामा लागेको बताए ।चीनले शान्ति, स्थिरता, विकास र समृद्धिमा अहिलेसम्म निरन्तर गरेको सहयोगका लागि धन्यवाद दिँदै उनले आगामी दिनमा पनि शान्ति, स्थिरता, विकास र समृद्धिमा सहयोगको निरन्तरताप्रति विश्वास व्यक्त गरे । 

भेटमा राजदूत यान्छीले भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनका दिन आफू निर्वाचन भइरहेका विभिन्न स्थानमा अवलोकनका लागि गएको र त्यहाँ जनता उत्साहित भएर निर्वाचनमा भाग लिइरहेको देख्दा खुसी लागेको पनि बताइन् । उनले काठमाडौँबाट चीनको कुनमिङमा ३० मेबाट सिधा उडान गर्ने तयारी भएको जानकारी गराएकि थिहीन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद