Media Network

गृहमन्त्रीलाई सांसद चाैधरीकाे प्रश्न : आफूमाथि दुर्व्यवहार गर्नेमाथिको कारबाही प्रक्रिया कहाँ पुग्यो ?


खबरस्टोरी संवाददाता

२७ जेष्ठ २०७९,शुक्रबार

काठमाडौं।  लोकतान्त्रिक समाजवादी पार्टीकी सांसद चन्दा चौधरीले आफूमाथि आक्रमणको प्रयास गर्ने र आमामाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्ने प्रक्रिया कहाँ पुग्यो भनेर गृहमन्त्रीसँग जवाफ मागेकी छन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले गत २७ वैशाखमा सत्तारुढ दलका व्यक्तिले आफू र आफ्नी ८० वर्षीया आमाथि दुर्व्यवहार गर्नेमाथि कारबाही प्रक्रियाबारे सदनमा गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिनुपर्ने बताइन् । 

स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा घरमै रहेका बेला सत्तारुढ दलका व्यक्तिले ज्यान लिने गरी आएका र उनीहरुले स्थानीय प्रशासनले आफूलाई उद्धार गरेको उनले बताइन् । 

वृद्धा आमाथि दुर्व्यवहार र आफ्नो ज्यान लिन खोज्नेलाई कानुनी कारबाही हुनुपर्ने माग गर्दै सांसद चौधरीले कारबाही प्रक्रियाबारे जानकारी मागेकी हुन् । २७ वर्षदेखि आफ्नो परिवारमाथि आक्रमण भइरहेको भन्दै उनले २७ वर्षअघि बेपत्ता बनाइएको दाइबारे अझै पत्तोपत्तो नरहेको बताइन् । 

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद