Media Network

गण्डकी सरकारमा डोबाटे विश्वकर्मा मन्त्री नियुक्त, आजै सपथ


खबरस्टोरी संवाददाता

२५ आश्विन २०७८,सोमबार


काठमाडौं। सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डोबाटे विश्वकर्मालाई मन्त्री नियुक्त गरेका छन् । कांग्रेस सांसद विश्वकर्मालाई बिना विभागीय मन्त्री नियुक्त गरिएको र सोमबार साँझ ५ बजे शपथ गराउने तयारी भएको जनाइएको छ।  

गत साउनमा मन्त्रिपरिषद् विस्तार गर्दा मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले शपथका लागि तयारी गर्दै गरेका विश्वकर्मालाई मन्त्री नबनाएर उनको स्थानमा बिन्दु कुमार थापालाई मन्त्री बनाएका थिए । जसको चर्को आलोचना भएको थियो। 

मुख्यमन्त्री पोखरेलले डोबाटेलाई मन्त्री बनाउनका लागि एक साताअघि काठमाडौं गएर प्रधानमन्त्री तथा कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा तथा सत्ता गठबन्धनको मुख्य साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सँग परामर्शसहित सहमति लिएका थिए । अब  डोबाटेको नियुक्तसँगै गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित १२ सदस्यीय मन्त्रपरिषद् भएको छ। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद