Media Network

गठबन्धन भत्कन सक्छ : महामन्त्री थापा


खबरस्टोरी संवाददाता

६ फाल्गुन २०७८,शुक्रबार

काठमाण्डौँ । नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले एमसीसी बारे कुरा नमीले गठबन्धन भत्कन सक्ने बताएका छन्। 

शुक्रबार प्रतिनिधि सभाको बैठकबाट बाहिरने क्रममा पत्रकारहरूसंग कुरा गर्दै थापाले एससीसी सहयोग नलिए नेपालले पुर्वाधार विकासमा कसैसंग सहयोग लिन नसक्ने दाबी समेत गरे । ‘हाम्रा बिचमा कुरा मिलेर हामी संगै हिड्न तयार भएर गठबन्धन बनाएका हौँ । यदि एमसीसीको विषयमा कुरा मिलेन भने गठबन्धन भत्किन पनि सक्छ’ थापाले भने । काङ्ग्रेससंग सत्तागठबन्धनमा रहेका केही दलहरूले छलछाम गरेको भनेर थापाले आरोप समेत लगाए । 

‘एमालेले संसद अवरोध गर्ने कारण फरक छ । एमालेले पनि एमसीसीबारे आफ्नो धारणा बनाओस । यसलाई संसदमा पेश गरौँ । दुधको दुध पानिको पानि हुने गरी छलफल र बहस गरौँ । पास वा फेल जे गरे पनि संसद बाट नै गरौँ । यस विषयमा अब नेपाली काङ्ग्रेसले लामो समयसम्म कुरेर बस्न सक्दैन ।’ उनले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद सुचारू गर्ने विषयमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संग पनि छलफल गरिरहनु भएको छ भन्दै उनले फागुन ८ गते बस्ने सत्तागठबन्धनको बैठकबाट एमसीसी विषयमा निष्कर्ष निस्कने विश्वास व्यक्त  गरे । 




Share:
Reaction :
ताजा समाचार
खेलकुद