माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्तारुढ गठबन्धनको बैठकबाट बाहिरिएपछि बैठक स्थगित भएको हो । पूर्वनिर्धारित पत्रकार सम्मेलनमा सहभागी हुन प्रचण्ड गठबन्धन बैठकबाट बाहिरिएका उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । उनका अनुसार पत्रकार सम्मेलन सकेर बालुवाटारमा जारी गठबन्धनको बैठकमा प्रचण्ड पुन: सहभागी हुनेछन् ।
बालुवाटारमा बसेको गठबन्धन बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र कार्यदलका अध्यक्ष रामचन्द्र पौडेलसहितका शीर्ष नेताहरू सहभागी थिए ।