Media Network

गठबन्धन कायम कायम राख्न अन्तिम कोशिस गर्ने माओवादी केन्द्रको निर्णय


खबरस्टोरी संवाददाता

१३ फाल्गुन २०७८,शुक्रबार

काठमाण्डौँ । नेकपा माओवादी केन्द्रले सत्तागठबन्धन बचाउन अन्तिमसम्म कोशिस  गर्ने निर्णय गरेको छ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज विहान आफ्नै निवासमा बोलाएको केन्द्रीय कार्यालाय विस्तारित बैठकले यस्तो निर्णय गरेको हो ।माओवादी केनद्रले एमसीसीको विषयमा आफ्नो अडान कायमै राखेको जनाइएको छ । एमसीसीको विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहिवार प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीसंग छ्ट्टा–छुट्टै भेटवार्ता गरेका थिए ।

वर्तमान समयमा अमेरिकी सहयोग परियोजना मिलीनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) लाई लिएर सत्तागठबन्धनभित्र विवाद उत्पन्न भइरहेको छ । 

  



Share:
Reaction :
ताजा समाचार
खेलकुद