गठबन्धन सरकारले आयल निगमलाई खारेज गर्न प्रयास गरेको ओलीको आरोप


खबरस्टोरी संवाददाता
१३ जेष्ठ २०७९, शुक्रबार
गठबन्धन सरकारले आयल निगमलाई खारेज गर्न प्रयास गरेको ओलीको आरोप
काठमाडौं । गठबन्धन सरकारले पेट्रोलियम पदार्थको खरिद गर्ने अधिकार निजी क्षेत्रलाई दिएर आयल निगम खारेज गर्न खोजेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  आरोप लगाएका छन् । 

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले नेपाल आयल निगमलाई खारेज गर्ने षडयन्त्रको रुपमा निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको खरिद गर्ने अधिकार दिने सरकारले तयारी गरेको भन्दै आपत्ति जनाएका हुन् । 

 उनले आयल निगमलाई खारेज गर्न अर्बौं रुपैयाँको कारोबार भइसकेको र फेरि अर्बौंको ‘डिल’ हुन लागेको दाबी गरे ।