काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले आज नेपाल विद्यार्थी संघको कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । गठबन्धनमा रहेका दलहरुलाई उच्च स्थान दिनुपर्ने बताउँदै प्रधानमन्त्री देउवाले पाँचदलीय गठबन्धनबाट आफू प्रधानमन्त्री भएको र यो गठबन्धन चुनावसम्मै लैजाने पनि बताएका छन् ।
‘कांग्रेस ठूलो पार्टी छ धेरै सिट लिनुस्। हामीलाई पनि केही सिट दिनुस् भनेका छन्,’ देउवाले गठबन्धनमा रहेका अन्य पार्टीहरुलाई लक्षित गर्दै भने, ‘उनीहरूलाई पनि स्थान दिनुपर्छ। गठबन्धन बचाउनुपर्छ।’