गठबन्धनभित्र भागबन्डामा सहमति नजुटे एक्लै चुनाड लड्ने प्रचण्डकाे दाबी


खबरस्टोरी संवाददाता
५ बैशाख २०७९, सोमबार
गठबन्धनभित्र भागबन्डामा सहमति नजुटे एक्लै चुनाड लड्ने प्रचण्डकाे दाबी
काठमाडौं।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्र भागबन्डामा सहमति नजुटे आफ्नो पार्टी एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने दाबी गरेका छन्। 

पार्टी मुख्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले महानगर, उपहानगरसहितमा उम्मेदवार छनोटमा गठबन्धनमा सहमति नभए माओवादी केन्द्र एक्लै चुनावमा लड्ने बताएका हुन् । 

‘६ वटा महानगरमा सबै गठबन्धनले लिने होइन होला । एउटा त  माओवादीले पाउला,’ उनले भने, यदी सहमति नजुटे माओवादी एक्लै चुनाव लड्छ । एक्लै लड्न तीन महिनादेखि तयारी गर्दै पनि आएको छ ।’ 

भागबन्डाका विषयमा सोमबार (आज) नै सहमति हुने समेत प्रचण्डले जानकारी दिए ।