Media Network

गठबन्धनबाट हेटौंडाको मेयरमा लामा


खबरस्टोरी संवाददाता

११ बैशाख २०७९,आईतवार

हेटौंडा । सत्तारुढ गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार मिनाकुमारी लामा हुने भएकी छिन् । मेयर पद पाएको नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको मेयरमा लामालाई उठाउने निर्णय गरेको हो ।

एकीकृत समाजवादीको पदाधिकारी बैठकले हेटौंडा उपमहानगरपालिकाको मेयरमा लामालाई उठाउने निर्णय गरेको हो । भागबन्डाको आधारमा हेटौँडाबाट वर्तमान उपमेयर लामाले अवसर पाएकी हुन् । 

हेटौंडाको मेयरका लागि नेकपा एसको तर्फबाट जिल्ला अध्यक्ष श्रीधर पोखरेल र उपाध्यक्ष लामाको नाम सिफारिस भएको थियो । एसले आफ्नो भागमा परेको महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको टिकट टुंगो लगाएको हो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद