आउँदो छ महिना मंसिरलाई आधार मानेर चुनावको तयारी भइरहेको उनले बताए।
आज काठमाडौंमा सम्पादकहरूसँग छलफल गर्दै अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनलाई आगामी चुनावसम्म निरन्तरता दिइने बताए।
‘गठबन्धन जोगाउँदै चुनावमा जुट्नुपर्नेछ,’ उनले भने, ‘छ महिनाभित्र चुनाव हुन्छ। मंसिरलाई आधार मानेर चुनावको तयारी छ। अहिलेदेखि नै चुनावबारे तयारी गर्नुपर्छ।