उपसभामुख पदका लागि गठबन्धनबाट उम्मेदवार बनेकी भुसाललाई लोसपाले पनि समर्थन जनाएपछि भुसालको पक्षमा पल्लाभारी भएको छ ।
लामो समयदेखि रिक्त रहेको उपसभामुख पदका लागि प्रतिनिधिसभाको अवधि ५ महिना बाँकी छँदा शुक्रबार मतदानबाट उपसभामुख चयन गर्न लागिएको हो ।
उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेस नेतृ भुसाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका तर्फबाट विद्या भट्टराई प्रतिस्पर्धामा छन् ।
प्रतिनिधिसभामा एमालेका ९८, कांग्रेसका ६१ (दुई निलम्बित), माओवादी केन्द्रका ४९, नेकपा (एकीकृत समाजवादी) पार्टीका २३, जनता समाजवादी पार्टी (जसपा) का २१, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १३ र अन्य साना दल तथा स्वतन्त्र गरी ४ सांसद छन्।सत्तारुढ पाँचदलीय गठबन्धनँग १५५ मत छ।