पाँच दलबीचको भागबण्डाअनुसार नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा मेयर पद तथा वीरगञ्ज, भरतपुर, पोखरा महानगरपालिकामा उपमेयरमा उम्मेदवार पाएको छ ।
यस्तै, माओवादी केन्द्रले भरतपुर महानगरमा प्रमुख तथा ललितपुर महानगरमा उपप्रमुख र जितपुर सिमरा र घोराही उपमहानगर तथा धरान र धनगढीमा उपप्रमुख पदमा उम्मेदवारी पाएको छ ।
यस्तै, एकीकृत समाजवादीले पोखरा महानगरमा प्रमुख तथा काठमाडौंमा उपप्रमुखको उम्मेदवारी पाएको छ ।
यस्तै, एकीकृत समाजवादीले हेटौडा उपमहानगरमा प्रमुख तथा इटहरी, बुटवल र तुलसीपुरमा उपप्रमुख पदमा उम्मेदवारी दिन पाउने भएको छ ।
यसैगरी, जनता समाजवादी पार्टी नेपालले वीरगञ्जमा प्रमुख तथा विराटनगरमा उपप्रमुख तथा जनकपुरमा प्रमुख तथा कलैया र नेपापलगञ्ज उपमहानगरमा उपप्रमुखको उम्मेदवारी पाउने सहमति बनेको छ ।