नेपाली कांग्रेसबाट निर्वाचित आफ्ना बुवाले गाउँपालिकाको जिम्मेवारी बाँडफाँट गर्दा एमालेका जनप्रतिनिधिलाई स्पेस दिएको भन्दै आक्रोशित छोरा ज्योतिले बुवाले चढ्दै आएको गाडी तोडफोड गरेपछि गाउँपालिकाको बैठक बसेको थियो।
उक्त बैठकमा ‘प्रदेश–१–को १ प ५७८ नम्बरको गाडी मर्मत गर्न लगाउने र माफी माग्ने भनेर मिलापत्र भएको छ’, अध्यक्ष गच्छदारले भने ‘अब पनि यस्तै घटना भए कानूनअनुसार कारवाही गर्ने निर्णय भएको छ।’