अन्तर्वार्तापछि भुसाल एमाले अनुशासन आयोगदेखि पार्टी अध्यक्ष केपी शर्मा ओलीको तिखो नजरमा परे । पार्टीमा सबैभन्दा बढी सैद्धान्तिक र बैचारिक बहस चलाउन खोज्ने भुसाललाई कारबाही गर्न अनुशासन आयोगले पार्टीलाई सिफारिस नै गर्यो । भुसाललाई कारबाही गरिएमा पार्टीमा क्षति हुन सक्ने आंकलनका साथ कारबाही अगाडि बढ्न सकेन ।
अर्थविभागमा जब ‘अधिकारी’ छिरे
एमाले नेता भुसाल पार्टीको अर्थ तथा योजना विभागका प्रमुख बनाइएका छन् । मंगलबार भुसाल नेतृत्वको विभागमा सदस्य विस्तार गर्ने क्रममा खोटाङका एम. अधिकारीको नाम थपियो ।
एमालेले छद्म भेषमा अधिकारीको नाम अर्थ विभागमा छिराएपछि को हुन् अधिकारी भनी खोजी हुन थाल्यो । सामाजिक सञ्जालमै आशंकाहरु ब्यापक हुन थाल्यो कि अर्थ विभाग सदस्य बनाइएका एम अधिकारी तिनै हुन्, जो राष्ट्र बैंकका गभर्नर हुन् भनेर ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै एम अधिकारीको नामबाट एमाले अर्थ विभागको सदस्य बनाइएको भन्दै आलोचना हुन थालेपछि अधिकारीले आफू पार्टी सदस्य नभएको दाबी गरे ।
नेता भुसाल नेतृत्वको विभागका सदस्य बनाइएका अधिकारी गभर्नर महाप्रसाद नभए दोस्रो ब्यक्ति ‘म हो एम अधिकारी’ भन्दै सार्वजनिक हुन सक्थे । तर म हो एम अधिकारी भन्दै दाबी गर्ने कोही निश्किएन ।
बरु विभागका प्रमुख रहेका पार्टीभित्रका खरो ब्यक्ति भनेर चिनिएका भुसाल पनि प्रष्ट बोल्न सकेनन् । राष्ट्र बैंकका गभर्नर महाप्रसाद पार्टीको आर्थिक विभागको सदस्य नरहेको जिकिर गरे ।
गभर्नरका लागि यस्ताे छ प्रावधान
राष्ट्र बैकको नियम अनुसार कुनै पनि राजनीतिक पार्टीको सदस्य रहेको ब्यक्ति राष्ट्र बैंकको गभर्नर हुन नसक्ने कानूनमा उल्लेख छ ।
सन्चालकको अयोग्यता शीर्षकमा ‘यस्ता व्यक्तिहरु गभर्नर, डेपुटी गभर्नर तथा सन्चालक पदमा नियुक्त हुन योग्य हुने छैनन् भनिएको छ ।
विधान हेर्नुस्ः
सार्वजनिक पद धारण गरेका व्यक्तिहरु पार्टी कमिटी र विभागहरूमा रहने वैधानिक व्यवस्था नरहेको भुसालले दाबी गरे । गभर्नर अधिकारीले पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको स्पष्ट गरिसकेको र आफ्नो विभाग र कमिटीमा सार्वजनिक पद धारण गरेका ब्यक्तिहरु रहने वैधानिक ब्यवस्था नै नभएको भुसालले सामाजिक सञ्जालमार्फत स्पष्ट पार्न खोजेका छन् ।
गभर्नर अधिकारी विभाग सदस्य होइनन् भने एम अधिकारी को हुन् भन्ने चाँही भुसालले किन भन्न सकिरहेका छैनन् भन्ने अर्को प्रश्न चिन्ह खडा भएको छ ।
सीएहरुको अन्तरक्रियामा गभर्नर अनुपस्थित ?
चार्टर्ड एकाउन्टेन्ट (सीए)हरुले बुधबार ‘नेपालको मौद्रिक नीति, यसको प्रभाव र अबको विकल्प’का बारेमा छलफल गर्न भन्दै गभर्नर महाप्रसाद अधिकारीलाई प्रमुख अतिथि डाकेका थिए । आफू प्रमुख अतिथि रहेको कार्यक्रममा भने नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारी अनुपस्थित रहे ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को आयोजना बुधबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा अनुपस्थित अधिकारी अनुपस्थित भएपछि डेपुटी गभर्नर बमबहादुर मिश्रलाई प्रमुख अतिथि बनाउनु पर्यो । स्रोतकाअनुसार छद्म नामबाट आफू पार्टीको जिम्मेवार विभागमा बस्न खोजेको कुरा लुकाउन समस्या हुँदा गभर्नर अधिकारी सार्वजनिक कार्यक्रममा उपस्थित हुन सकिरहेका छैनन् ।