Media Network

हामी केही महीनामै स्थानीय तहको निर्वाचनमा जानेछौँ : प्रधानमन्त्री देउवा


खबरस्टोरी संवाददाता

१७ मंसिर २०७८,शुक्रबार

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अबको केही महीनामै स्थानीय तहको चुनाव हुने बताएका छन् ।

प्रदेश नम्बर १ को पार्टी अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले केही महीनामै स्थानीय तहको निर्वाचन र एक वर्षभित्र संघ र प्रदेशको चुनावमा जाने भएकोले तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । साथै  महाधिवेशनपछि तीनै तहका चुनावमा केन्द्रत हुनुपर्ने समेत जानकारी दिएका छन् ।

प्रधानमन्त्री देउवाले पार्टीका सबै नेता तथा कार्यकर्ताहरूलाई एकढिक्का भएर जनताको विश्वास जित्ने गरी चुनावमा केन्द्रित हुनपनि निर्देशन दिएका छन् । 

उनले भने, 'केही महीनामै स्थानीय तहको निर्वाचनमा जानेछौं, एक वर्षभित्र संघ र प्रदेशको निर्वाचनमा जानेछौं ।'

मुलुकको विकास र समृद्धिको नेतृत्व नेपाली कांग्रेसले मात्रै गर्ने पुष्टि भएको दाबी गर्दै प्रदेश अधिवशनले पार्टीलाई थप सशक्त बनाउने सभापति देउवाले विश्वास व्यक्त गरेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद