Media Network

हिमानीमाथि कमल थापाको कटाक्ष : 'चाँडै राजसंस्था पुन:स्थापना हुने भयो, बधाई छ'


खबरस्टोरी संवाददाता

१९ मंसिर २०७८,आईतवार

काठमाडौँ। राप्रपाको अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङ्देनलाई पूर्व युवराज्ञी हिमानी शाहले बधाई दिदै मुलुकले सच्चा राष्ट्रबादी नेता पाउन सफल भएको बताएकी छन्। 

'अवसरबाद, नाताबाद, कृपाबाद को अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रबादी नेता राजेन्द्र लिङ्देन लाई हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना !!! राजेन्द्र लिङ्देन को जित सङ्गै मुलुकले आज सच्चा राष्ट्रबादी नेता पाउन सफल भएको छ !!!' उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छन्। 


यता उनको ट्वीटलगतै अध्यक्षमा पराजित कमल थापाले पूर्व युवराज्ञी शाहले सामाजिक सञ्जालमार्फत दिएको बधाई तथा शुभकामनाप्रति कटाक्ष गरेका छन् । हिमानीको सो ट्वीटमाथि प्रतिक्रिया जनाउँदै कमल थापाले अब चाँडै राजसंस्था पुनःस्थापना हुने भएको हुँदा हिमानीलाई पनि हार्दिक बधाई तथा शुभकामना भनि लेखेका छन् ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद