Media Network

डलरको सञ्चिती घटिरहे नेपालको अवस्था श्रीलंकाको जस्तो हुनेसक्ने सांसद पाण्डेको चेतावनी


खबरस्टोरी संवाददाता

१८ जेष्ठ २०७९,बुधबार

काठमाडौं । नेकपा एमालेका सांसद एवंम पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रत्यक महिना १२ देखि १५ करोड डलर घट्दै गएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको  बैठकमा आर्थिक वर्ष २०७९–०८० को बजेटमाथिको छलफलमा भाग लिदै सांसद पाण्डेले डलरको सञ्चिति घट्ने क्रम जारी रह्यो भने नेपालको अवस्था श्रीलङ्काको जस्तो हुनेसक्ने चेतावनी दिए ।

‘‘यस वर्षको हाम्रो नौ करोड ६१ अरब डलर रिजर्भ छ । दुई अर्ब ७० करोड डलरको साउनदेखि अहिलेसम्म डिपोजिट घटेको छ । हरेक महिना १२ देखि १५ करोड डलर घट्दैछ ।,’’ उनले भने , ‘‘डलरको डिपोजिट घटिरह्यो भने हाम्रो आयात घट्नेछ । हामीले 'फरेन करेन्सी' दिन सक्दैनौं ।’’

पाण्डेले कृषि मलको आपूर्तिबिना कृषि उत्पादन कसरी हुनसक्छ भनेर पनि प्रश्न गरेका छन्  ।

‘‘सरकारले बजेट मार्फत् धान, मकै, गहुँलगायतका केही कृषिजन्य वस्तुको आयात ३० प्रतिशतले कटौती गर्ने भनेको छ ।,’’ उनले भने , ‘‘बजेट पूरै कृषि उत्पादन केन्द्रित भएको भनिएको छ । तर, मल नै नभई कसरी उत्पादन वृद्धि हुन्छ, अर्थमन्त्रीज्यू ? चालू आर्थिक वर्षको भन्दा अझ मल आयातमा बजेट कटौती गरेर कसरी उत्पादन बढाउन सकिन्छ ?’’

Share:
Reaction :
ताजा समाचार
खेलकुद