Media Network

हत्या अभियोग लागेका पूर्वमन्त्री आलमको मुद्दामा आज सुनुवाइ हुँदै


खबरस्टोरी संवाददाता

१६ बैशाख २०७९,शुक्रबार

काठमाडौं । पूर्वमन्त्री अफताब आलमविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै छ । विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको सम्बन्धी ‘हेर्दाहेर्दै’मा रहेको मुद्दाको सुनुवाइका लागि न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको छ ।

तर, यसअघि पटक पेसी तोकिए पनि एक पटक पनि सुनुवाइ भएकै छैन । मुद्दा सात पटक स्थगित, पाँच पटक हेर्न नमिल्ने र चार पटक हेर्न नभ्याइने भनिएको छ । जिल्ला अदालत रौतहटको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगंजले सदर गरेपछि त्यसविरुद्ध आलमले सर्वोच्चमा २०७७ मंसिर १२ गते फैसला बदरको माग गर्दै निवेदन दिएका थिए । 

२०६४ चैत २७ गते आतंक फैलाएर निर्वाचन जित्ने उदेश्यले भारतदेखि पेसेवर बम बनाउनेहरू ल्याइ बम बनाउने क्रममा विस्फोट भएको र घाइते भएकाहरूलाई ज्युँदै इँटाभट्टामा हालेर हत्या गरेको उनीमाथि अभियोग छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद