Media Network

हृदयेश त्रिपाठीले आज नयाँ घोषणा गर्ने


खबरस्टोरी संवाददाता

२८ मंसिर २०७८,मंगलवार

काठमाडौँ। प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले आज (मङ्गलबार) नयाँ पार्टी घोषणा गर्दै छन्। दिउँसो राजधानी काठमाडौंमा एक समारोह आयोजना गरेर त्रिपाठीले आफ्नो नेतृत्वमा नयाँ दल घोषणा गर्न लागेका हुन्।

पछिल्लो समय स्वतन्त्र नागरिक समूह बनाएर सक्रिय रहेका त्रिपाठी एमालेसँग मिलेर चुनाव चिन्ह सूर्यबाट निर्वाचन जितेका सांसदसमेत हुन्। त्रिपाठीले घोषण गर्न लागेको पार्टीको नाम जनता प्रगतिशील पार्टी (जप्रपा) नेपाल राखिएको स्रोतले जनाएको छ। दुई दिनअघि नै त्रिपाठीले पार्टीको नाम, झण्डा, लोगो र दस्तावेज तयार भइसकेको जनाएका थिए। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद