Media Network

इच्छुक स्मृति पुरस्कारबाट चार श्रष्टा सम्मानित


खबरस्टोरी संवाददाता

१४ जेष्ठ २०७९,शनिबार

काठमाडौं । कृष्ण सेन ‘इच्छुक’ स्मृति पुरस्कारबाट चार श्रष्टाहरु सम्मानित भएका छन् । इच्छुक सांस्कृतिक प्रतिष्ठानले स्थापना गरेको यो पुरस्कारबाट शुक्रबार चार श्रष्टाहरु सम्मानित भएका हुन् । सम्मानित हुनेमा प्रगतिवादी साहित्यकार चितवनका रविकिरण निर्जिव र दाङका यज्ञबहादुर डाँगी तथा सांस्कृतिकर्मी पोखराका काजी गाउँले र कविता पुन मगर रहेका छन् । 

गाउँलेलाई सिर्जनातर्फको इच्छुक प्रतिभा पुरस्कार र पुनलाई कलातर्फको इच्छुक प्रतिभा पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत श्रष्टाहरुलाई सेनको २१ औं स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौंको घट्टेकुलोस्थित इच्छुक राष्ट्रिय प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो । सेनको जीवन संगिनीको उपस्थितिमा नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले पुरस्कार प्रदान गरेका थिए । 

इच्छुक प्रतिष्ठानले रु एक लाख राशीको इच्छुक स्मृति पुरस्कार र कला एवम् साहित्य क्षेत्रका श्रष्टाहरुलाई २५÷२५ हजार राशीका दुई वटा इच्छुक प्रतिभा पुरस्कार स्थापना गरेको प्रतिष्ठानका अध्यक्ष हिरामणी दुखीले जानकारी दिए । 

प्रतिष्ठानले २०६६ सालदेखि हरेक वर्ष प्रदान गरिने यो पुरस्कार यसअघि ३१ जनालाई प्रदान गरिसकेको छ । 

सेनको स्मृतिमा शुक्रबार विहान क्रान्तिकारी पत्रकार महासङ्घ र अखिल नेपाल जनसांस्कृतिक महासङ्घको आयोजनामा काठमाडौंमा प्रभातफेरी गरिएको थियो । 

इच्छुकको २१ औं स्मृति दिवसकै सन्दर्भमा सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले पनि काठमाडौंमा विभिन्न कार्यक्रम आयोजना गरेको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद