जनकपुरधाममा कांग्रेसबाट रिपुकुमारी निर्विरोध निर्वाचित
काठमाडौँ । ३० वैशाखका लागि स्थानीय तह निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको दलित महिला सदस्यमा रिपुकुमारी निर्विरोध निर्वाचित भएकी छन् ।
जनकपुरधाम वडा नम्बर ५ मा रिपुकुमारीले नेपाली कांग्रेसबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी थिइन् । उक्त पदमा अन्य कसैले उम्मेदवारी नदिएकाले उनी निर्विरोध निर्वाचित भएकी हुन् ।
रिपुकुमारी निर्विरोध निर्वाचित भए पनि स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ बमोजिम निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ ।
322 पटक हेरिएको
|
0 पटक साझा गरिएको