निर्वाचन आयोग महोत्तरीको अनुसार जिल्लाका १० नगरपालिकाहरूमा १५० जना नगरप्रमुखमा उम्मेदवार दर्ता गरेका छन भने बाँकी पाँच गाउँपालिकामा ८६ जनाले गाउँपालिका प्रमुखमा उम्मेदवारी दर्ता गरेका छन ।
त्यसैगरी जिल्लाका १३८ वटा वडाहरु जम्मा ८८५ जनाले वडा अध्यक्षमा, ५८३ जनाले महिला सदस्यमा, ५५४ जनाले दलित महिला सदस्यमा र ११७३ जनाले सदस्यमा मनोनयन दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ ।
१५ वटा पालिकामा विभिन्न पदमा गरी ७२० जना मात्र जनप्रतिनिधि निर्वाचित हुनेछन् । महोत्तरीमा तीन लाख ३६ हजार ९५ जना मतदाता छन् भने जिल्लाभरि ४९७ मतदान केन्द्र र २५८ मतदानस्थल रहेका छन् ।