काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि पहिलोपटक गृहजिल्ला रुकुम पश्चिम गएका जनार्दन शर्मा प्रभाकरलाई रुकमका प्रचण्डका कार्यकर्ताहरुले कालोझण्डा देखाएका छन् ।
शर्मा आइतबार बिहान काठमाडौंबाट नेपाल एयरलाइन्सको हवाईजहाज चढेर सदरमुकाम खलंगा ओर्लिएका थिए । उनी विमानस्थलबाट बाहिरिने क्रममा तत्कालिन माओवादी केन्द्रका केही युवाहरुले कालो झण्डा देखाएका हुन् ।