Media Network

ज्ञानेन्द्र शाही राप्रपाको सुशासन विभागको प्रमुख नियुक्त


खबरस्टोरी संवाददाता

११ फाल्गुन २०७८,बुधबार

काठमाडौं । एक साताअघि मात्रै राप्रपा प्रवेश गरेका सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीलाई पार्टीको सुशासन विभाग प्रमुख नियुक्त गरिएको छ । 

पार्टी प्रवेश लगतै शाहीलाई राप्रपाले पार्टीको पाँचौं प्रवक्ता नियुक्त गरेको थियो । शाही फाल्गुन ६ गते औपचारिक रुपमा राप्रपा प्रवेश गर्दै उनको अभियानलाई पार्टीमा समाहित गरिएको थियो । 

शाही भ्रष्टाचार विरोधी अभियानमा सक्रिय थिए । उनी राप्रपा प्रवेशपछि पनि सुशासनका पक्षमा लागिरहने उदघोष गरेका थिए । 

राप्रपामा शाहीका साथै मोहन श्रेष्ठ, भक्तिप्रसाद सिटौला, सगुनसुन्दर लावती र गोपाल दाहाल प्रवक्ता छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद