शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । ६७ वर्षीय आबेको शुक्रबार गोली हानी हत्या भएको थियो ।
शुक्रबार बिहान साढे ११ बजेतिर दक्षिण पश्चिम जापानको नारा सहरमा राजनीतिक प्रचार कार्यक्रममा बोल्ने क्रममा आबेमाथि गोली प्रहार भएको थियो । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको घोर भत्र्सना गर्दै नेपाल सरकारले जापान सरकार, जापानी जनता र आबेको परिवारप्रति समवेदना व्यक्त गरेको छ ।