सोमबार साँझ बसेको जसपाको कार्यकारिणी समितिको बहुमत सदस्यको बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने लगायतका निर्णय गरेको हो ।अध्यक्ष उपेन्द्र यादवले पार्टीले चाहेको बेला मन्त्रीहरूलाई फिर्ता बोलाउने छलफल भइरहेको बताए ।उनले भने, 'आवश्यक परेको खण्डमा मन्त्रीहरूलाई फिर्ता बोलाउन पनि सकिन्छ ।
डा. बाबुराम भट्टराईसहितका उनका पक्षका कोही पनि नेता समितिको बैठकमा सहभागी नभएको बताइएको छ ।
जसपाका अर्का एक नेताका अनुसार भने मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय भइसकेको छ ।
त्यस्तै, असार मसान्तभित्र केन्द्रीय कमिटी बैठक बोलाउने र पार्टीविरुद्ध गतिविधिमा लाग्ने नेताहरूलाई स्पष्टिकरण सोध्ने निर्णय भएको र ती जिम्मेवारी अध्यक्ष यादवलाई दिइएको ती नेताले जानकारी दिए ।