काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को प्रथम संघीय परिषद् बैठक आइतबार दोस्रो दिन पनि चलिरहेको छ ।
कालिकास्थानस्थित बानेश्वर बैंकवेटमा जारी बैठकको पहिलो दिन शनिवार परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले समसामियक राजनीति र जसपाको कार्यदिशा शीर्षकको ३३ पृष्ठ लामो राजनीतिक प्रतिवेशन पेश गरेका थिए ।
सोमबारसम्म चल्ने बैठकमा समसामयिक राजनीति र आगामी निर्वाचनबारे छलफल हुने जसपाले जनाएको छ । बैठकमा मनिष सुमन, हिसिला यमी र नवराज सुवेदी गरी तीन सदस्यीय समितिले तयार पारेको निर्वाचन निर्देशिकाको मस्यौदा बैठकमा प्रस्तुत गरिनेछ ।
बैठकमा उक्त मस्यौदामाथि छलफल हुनेछ । मस्यौदालाई संघीय परिषद् बैठकले पारित गरिसकेको केन्द्रीय समिति बैठकले पनि सुझावसहित पारित गर्नेछ ।