Media Network

जसपा विवादः बाबुराम समूह नै कारबाहीमा


खबरस्टोरी संवाददाता

१४ असार २०७९,मंगलवार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले बहुमत जुटाएर पार्टी अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गर्ने तयारी गरिरहँदा भट्टराई समूह नै कारबाहीमा पर्ने भएका छन् । 

पार्टी अध्यक्ष यादव पक्षले अध्यक्षविरुद्ध अभियान चलाइरहेका भट्टराईसहितका नेतालाई कारबाही गर्ने भएको हो । सोमबार राति बसेको यादव पक्षीय कार्यकारिणी समिति बैठकले भट्टराई र महेन्द्र यादवसहित अध्यक्षविरुद्ध अभियान चलाएकाहरुलाई कारबाही गर्ने अधिकार अध्यक्ष यादवलाई दिएको छ । 

पार्टी अध्यक्ष यादवले पार्टीमा एकलौटी गरेको भन्दै भट्टराई पक्षले पार्टीभित्र हस्ताक्षर अभियान नै चलाएका थिए । भट्टराईले कार्यकारी अधिकार आफूले लिने रणनीति अनुसार गतिविधि गरेपछि उपेन्द्र पक्षले कारबाही गर्न लागेको स्रोतको भनाइ छ । 

यादव पक्षले कार्यकारिणी समितिमा आफ्नो बहुमत भएको दाबी गर्दै भट्टराई माथि नै कारबाही गर्न निर्णय गरेपछि जसपा सम्भवतः फुट नजिक पुगेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद