जसपाको बाबुराम पक्षीय बैठक सुरु


खबरस्टोरी संवाददाता
२८ असार २०७९, मंगलवार
जसपाको बाबुराम पक्षीय बैठक सुरु
काठमाडौं। जनता समाजवादी पार्टी नेपाल (बाबुराम पक्ष) को केन्द्रीय समितिको विस्तारित बैठक सुरु भएको छ ।

केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसँग विवाद चर्किएपछि भट्टराईले असार २८ र २९ गते बस्ने गरी आफू पक्षीय केन्द्रीय समितिको बैठक बोलाएका हुन्।

अब यो बैठकसँगै जसपा आधिकारिक रुपमा विभाजनतर्फ लागेका छन् । उता, अध्यक्ष उपेन्द्र यादवले पनि भोलिको लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन् । 

अध्यक्ष यादवले एकलौटी रुपमा पार्टी चलाउन खोजेकोभन्दै बाबुराम पक्षले असन्तुष्टि राख्दै आएको हो ।